Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सडक दुर्घटनामा परेर ब्रेन डेथ भएका ब्यक्तिको मृगौला दुई जनामा प्रत्यारोपण

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले मुलुकमै पहिलो पटक मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका एक ब्यक्तिको मृगौला दुई जनामा प्रत्यारोपण गरेको छ।

केन्द्रका निर्देशक एंव बरिष्ठ मृगौला तथा कलेजो प्रत्यारण शल्यचिकित्सक पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा गत विहीबार मस्तिष्क मृत्यु भएका एक ब्यक्तिका दुईवटा मृगौला झिकेर दुई फरक ब्यक्तिमाा प्रत्यारोपण गरिएको हो।

सडक दुर्घटनामा परेर ती करिब ३० बर्षे युवाको मस्तिष्क मृत्यु भएको थियो । स्रोतका अनुसार प्रत्यारोपण गराएका एक युवा र अधबैंसे व्यत्तिलाई एकसातामा डिस्चार्ज गरिनेछ।

‘प्रत्यारोपण गराएका दुवै स्वास्थ्य छन्, शनिबार गरिएको परीक्षणमा समेत कुनै असामान्यता देखिएको छैन’, केन्द्रका एक चिकित्सकले भने।

मानव अंग प्रत्यारोपण नियमावली २०७३ ले प्रत्यारोपणसँगै मस्तिष्क मृत्यु भएकाले अंग लिने र प्रत्यारोपण गर्ने बाटो खुल्ला गरेपछि मुलुकले प्रत्यारोपण क्षेत्रमा फड्को मार्न सकेको खबर कान्तिपुर दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

17708