अरु पार्टी चुनावमा, विप्लव समूहको भने यस्तो धन्दा !

प्रमुख राजनीतिक पार्टीहरु निर्वाचनमार्फत स्थानीय सरकार गठनको तयारीमा लागिरहेका बेलामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने देशका दुई सय स्थानमा आफूखुसी स्थानीय सरकार बनाएको पाइएको छ।

चुनाव भएका स्थानहरुमा उनीहरुकै भाषामा स्थानीय जनसरकारका रुपमा जनपरिषद घोषणा गरिएको हो।

अहिलेसम्म दुई सयवटा स्थानमा जनपरिषद घोषणा भएको सो पार्टीको उच्च स्रोतले जानकारी दिएको खबर नेपाल समाचारपत्रमा छ।

जनपरिषदले स्थानीय निकायको भूमिका निर्वाह गर्ने नाम नभन्ने सर्तमा पार्टीका एक नेताले जानकारी दिए । जनपरिषदले जनताका स्थनीय काम, विकास र जनताका मामिलामा न्याय दिने काम गर्ने बताइएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

17947