बेलायतमा पूर्व गोर्खा सैनिक थापाको यसरी गरियो अन्तिम बिदाई….

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम –

लण्डन, पूर्व गोर्खा सैनिक राजु थापाको पार्थिव शरीरलाई लण्डनस्थित ननिटनको द हार्ट अफ ईग्ल्याण्डको शव दहन स्थलमा अन्तिम श्रद्धाञ्जलि अर्पण गरिएको छ।


ननिटन काउन्सिल हाउसमा एक्लै बस्दै आएका पूर्व गोर्खा सैनिक थापा गत महिना अप्रिल २१ तारिख आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए।

थापाको कसरी मृत्यु भयो भनेर पोस्टमार्टममा केही प्रमाण फेला नपरेको डि डव्लु पिले बताए। ननिटन आसपासमा रहेका नेपाली समाज,जातीय संस्था मगर संघ र ईन्टेक ९९ ले मृतक थापाको पार्थिव शरीरलाई अन्त्येष्टि गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गरे। श्रद्धाञ्जलि कार्यक्रममा थापाका १३ बर्षीया छोरी राईमाले दागबत्ती दिएकी थिईन्।


मृतक थापा कामको सिलसिलामा ब्रुनाईमा रहंदा सन् २००३ मा फिलिपिनो नागरिक मार्गीसँग भेट भएको थियो। ब्रुनाईको मुख्य राजमार्ग बढाउने सुरुवातीसँगै मार्गी ईन्जिनियरिङ पेशाका लागि ब्रुनाई आएकी थिईन्। दुवैविच बाक्लो भेटघाट बढ्न थालेपछि वैवाहिक सम्बन्धमा बाँधिएका थिए।

लान्सकर्पोरल राजु सन् २०१४ मा अवकाश लिए लगतै जीवन साथी मार्गिवीच पारिवारिक सम्बन्ध विग्रिन थालेपछि राजु र मार्गी भिन्नभिन्नै ठाँउमा बस्दै आएका उनका एक व्याजिले जानकारी दिए।

कार्यक्रममा थापाका बाल्यकालका साथी वेलायती गोर्खा सैनिक साजन्ट टेक राना भावुक हुदै प्रिय मित्र राजु थापाप्रति हार्दिक श्रद्धाञ्जलि तथा परिवारजनमा समवेदना व्यक्त गर्दै मनलाई बुझाउन कठिन परिरहेको भावना पोखेका थिए। उनले भने ‘ राजु तुलनात्मक रुपमा शान्त र लजालु स्वभावको भएतापनि साथीभाइहरुमाँझ रमाईला चुट्किलाहरु वाचन गरेर हसाउने गर्थे।’

बाबा भिमसिंङ थापा र आमा राममाया देवीको कोखबाट बागलुङमा सन् १९७९ अक्टोबर ७ तारिखका दिन जन्मिएका थिए। बागलुङमा जन्मिएका राजुले व्रिटिस आर्मी भर्ति केन्द्र पोखराबाट वि.सं. २०५५ सालमा व्रिगेड अफ गोर्खामा भर्ति भएका थिए। उनले सन् १९९७ मा बुटवलबाट प्रविणता प्रमाण पत्र तहको अध्ययन सकेलगतै २० बर्षको कलिलो उमेरमै गोर्खा बटालियन प्रवेश गरेका थिए।

सन् १९९९ मा व्रिटिस क्याप पोखराबाट भर्ति लागेका थापाले चर्च क्रुखम फ्लिट हामसायरबाट फौजी तालिम ४२ हप्ता पूरा गरेका उनका तालिम प्रशिक्षक क्याप्टेन बद्रि राईले जानकारी दिए । लान्सकर्पोरल थापाले १५ बर्ष बेलायती राजमुकुटको सेवा गर्दै सन् २०१४ सेप्टेम्बर ३० मा अवकाश लिएका थिए । उनले पल्टनमा रहदा कम्युनिकेसन केन्द्र , ज्वईन्ट टाक्स हेडक्वाटर देखि टेलिफोन एक्चेन्ज सम्मको अभिभारा पूरा गरेका उनका व्याजि लाल आङथुपोले बताए।

मृतक थापाले १५ बर्ष बेलायती राजमुकुटको सेवाको सिलसिलामा ब्रुनाई र बेलायतमा सेवारत रहदा यलयस जिसी (लङ्ग सर्भिस गुड कन्डक) जस्ता सम्मानीय पदक पाएका थिए।

सिग्नल रेजिमेन्टका वारेन्ट अफिसर वान गोपाल सारु मगर, समाजसेवी दिलिप राई, ननिटन मगर संघका अध्यक्ष राम राना र आर्थिक संकलनमा निमा शेर्पालगायत उनका व्याजि ईन्टेक ९९ले श्रद्धाञ्जलि कार्यक्रमको मुख्य संयोजन गरेका थिए।

श्रद्धाञ्जलि कार्यक्रमका लागि करीब १५ लाख रुपैयाँ संकलन भएको आर्थिक संयोजक शेर्पाले व्याजिहरुलाई प्रतिवेदन सुनाएका थिए।





Comments

comments

Leave a Reply

17949