अभिनेता खनाललाई इन्डो नेपाल हार्मोनी अवार्ड


मनोज थापा

काठमाडौं, नेपालका चर्चित कलाकार तथा सञ्चारकर्मीले अन्तर्राष्ट्रिय अवार्ड पाएका छन्।

राजधानीको होटल अन्नपूर्णमा नेशनल इस्टिच्युट फर एजुकेशन भारत र एसिएस मिडिया कर्पोरेसनको संयुक्त आयोजनामा भएको इन्डो नेपाल हार्मोनी अवार्ड २०१७ नायक सरोज खनाल, हास्य कलाकार किरण केसी, नायिका सारिका घिमिरे तथा सञ्चारकर्मी तथा कलाकार राजेन्द्र लुईटेलले पाएका छन्।

त्यसैगरी भारतका वरिष्ठ व्युटिसियन भारती तनेजा, ज्योतिष जय मदान लगायतका नेपाल तथा भारतका विभिन्न पेशा तथा व्यवसायमा संलग्न व्यक्तिहरुलाई विभिन्न विद्यामा अवार्ड प्रदान गरिएको थियो।

प्रमख अतिथि पशुपतीनाथका मुख्य पुजारी रावल श्री गणेश मुल भट् तथा विशेष अतिथी नेपाल केशरी डा. श्रीमनी भद्र मुनीजी महाराज रहेका थिए । यो वर्ष नेपालमा अवार्ड वितरण गरिएको छ भने अर्को वर्ष भारतमा गर्ने आयोजक संस्थाले जनाएको छ।

कार्यक्रमका मुख्य आयोजक संस्थाका प्रमुख प्रो. डा. अभिराम कुलश्रेष्थले नेपाल भारत संस्कृतिलाई निकट एवं दुवै देशका नागरिकहरु विच आत्मीयता, सद्भाव कायम राख्न मद्धत पुग्ने अपेक्षा विश्वास व्यक्त गरे । कार्यक्रममा आयोजक कमिटी उपाध्यक्ष तथा नेपाल भारत मैत्री अस्पतालका अध्यक्ष डा.श्याम खड्काले कार्यक्रमका उद्देश्य वारेमा प्रष्ट पार्दै यो कार्यक्रमले दुवै देशका नागरिक विच आपसी समझदारी भाईचारा प्रगाढ हुने विस्वास व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल तथा भारतका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो।





Comments

comments

Leave a Reply

17969
%d bloggers like this: