परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथलीमा फोहोर ब्यवस्थापन गर्ने उपकरण भित्रिएको छ।
योसंगै संक्रमित फोहोरबाट अस्पतालले नियमित आम्दानी समेत गर्न थालेको छ।
उपकरणबाट अस्पतालले दैीनक २ सय किलो फोहोर ब्यवस्थापन गर्दै आएको खबर आजको कान्तिपुर दैनिकमा छ।
यसबाट दिनमै ५० हजार रुपैयाँ बढि आम्दानी भईरहेको अस्पतालका निर्देशक डा. अमिरबाबु श्रेष्ठले बताए।