‘एभरेष्ट म्युजिकल ब्लाष्ट’ को पहिलो शो भब्यताका साथ सम्पन्न, उत्साह जनक शुरुवात

भुमिराज राई –

ई-मिडिया हब लिमिटेड युकेको पहिलो सांगीतिक कार्यक्रम “एभरेष्ट म्युजिकल ब्लाष्ट” को पहिलो शो शनिबार साँझ अल्डर्सटको एम्पाएर हलमा उल्लेख्य दर्शकहरुको उपस्थितिमा भब्यतापूर्बक सम्पन्न भयो।

अहिलेका लोकप्रिय गायिका मेलिना राई, गायक रेवत राई, गायक गोम्जा लामालगायत युके डान्स अफ बिजेता जेनी सुनुवार, नृत्यांगना मिरा फगामी अनि शशी गुरुङको मनमोहक नृत्य र प्रस्तुतीले श्रोताहरुलाई रोमांचित अनुभूति दिलाएको थियो । कार्यक्रम निया देवान र लेक्स लिम्बुले कुशलतापूर्वक संचालन गरेका थिए।

आयोजक ई-मिडिया हब लिमिटेडको चुस्त र ब्यबस्थित ब्याबस्थापन लगायत साउण्ड र लाईइटिङ अनि दक्ष टेक्निसियनहरु परिचालन गरेर कार्यक्रम उत्कृष्ठ बनाउन हर सम्भब सबै कसर बाँकी नछाडी आयोजक लागेकाले पनि यो कार्यक्रम पहिले भएका अन्य कार्यक्रमभन्दा अत्यन्तै पृथक अनि रोचक भएको भन्दै उपस्थित दर्शकहरुले कार्यक्रमको प्रसंशा गरेका थिए।

यसै सन्दर्भमा प्रतिकृया दिनु हुँदै नेपाली कार्यक्रमहरुमा धेरै पटक सहभागी भए पनि यस पल्टको कार्यक्रममा भएको कुशल व्यवस्थापन, सौहार्दपूर्ण स्वागतले गर्दा पनि दर्शकहरुले ज्यादै नै आत्मियता अनुभूत गरेको प्रतिकृया ट्विन ब्रदर्सका नामले परिचित गीतकार राम र लक्ष्मण गुरुङ लगायत धेरै सहभागीहरुले दिनु भएको थियो।

कार्यक्रममा सहभागिहरुले सामाजिक संजाल फेसबुकमा कार्यक्रमको बारेमा आफ्नो धारणा पनि सार्बजनिक गरेका छन्:-
जानु काम्बाङको स्टाटस, “कसम होला “ई मिडिया हब ” ले जस्तो सक्सेसफुल प्रोग्राम सायदै अरुले गरेका होलान् युकेमा ,, अल्डरसटको एम्पायर हल खचाखच थियो हिजो ! मेलिना राई र रेवत राईले हल तताएका थिए भने गोम्जा लामा भाईले केवल कारमा घुम्न जाउँला लगायतका र्याप गितहरु गएर सबैलाई नचाएका थिए | चर्चित भाई लेक्स लिम्बु र मिस युके नेहा देवानले होस्ट गरेर दर्सक र कलाकार बिचको ग्याप्पलाई सुन्दर ढंगले फुल्फिल गरेका थिए ! डान्सर बहिनीहरुको प्रस्तुतिको कुरै छाडौं कति राम्रो कति राम्रो ….नो भाषण, नो खादा, नो आसन ग्रहण एकदम स्मुथ, म्युजिकल ब्लास्ट कार्यक्रम त यस्तो पो हुनु पर्छ !! सम्पूर्ण आयोजक टिमलाई अझ धेरै प्रगतिको सुभकामना !! ”

कार्यक्रमका आयोजक ई-मिडिया हब लिमिटेडका ईभेन्ट सेल प्रमुख नबराज राईले सबै टिमको सहकार्यमा अत्यन्तै सफल कार्यक्रम सम्पन्न भएको भन्दै सन्तोष ब्यक्त गरेका छन्।

ईन्टर्टेन्मेन्ट सेलका प्रमुख किसन राई र चिफ मार्केटिङ अफिसर प्रेम गुरुङका अनुसार अल्डर्सट एरियामा अन्य संघ संस्थाको ४ वटा कार्यक्रम सोही दिन परेको भएता पनि “एभरेष्ट म्युजिकल ब्लाष्ट”को दर्शक संख्या अपेक्षा गरे भन्दा बढी अर्थात झन्डै आठ सय भन्दा बढी दर्शक उपस्थित भएकोले आफूहरु सन्तुष्ट रहेको प्रतिकृया दिए।

कार्यक्रममा ई-मिडिया हबले आयोजना गर्न लागेको “एभरेष्ट आईडल”को जानकारी सार्बजनिक गर्दै बेलायतमा रहेका प्रतिभावान भोलिका नेपाली संगीतका नव प्रतिभाहरुको छनौट प्रतियोगिताको निम्ती गर्न लागीएको कार्यक्रमको जानकारीसगैँ आफ्नो प्रतिभा उजागर गर्ने प्लाटफर्मका रुपमा सदुपयोग गर्न आव्हान गर्दै यही बर्ष हुने “एभरेष्ट आइडल”को लोगो सार्बजनिक गरिएको थियो।

कार्यक्रमकै अवसरमा बेलायतमा निर्मित “ब्लाक समर” फिल्मको बारेमा जानकारी गराउँदै “ब्लाक समर” टिम सहित टिजर प्रदर्शन गरी आउँदो जुन २४ मा रेडिङ स्थित सफारी हलमा रेड कार्पेट शो गर्ने जानकारी दिंदै नायक रितेस चाम्सले बेलायतमा निर्मित फिल्मलाई माया गरिदिन आग्रह गरे।

रातको ११ बजे सम्म चलेको “एभरेष्ट म्युजिकल ब्लाष्ट” समापन पश्चात ई-मिडिया हब लिमिटेड युकेका अफिसियल र कलाकार, शुभचिन्तक अनि कार्यक्रममा सहयोग गर्नुहुने टेक्निसियन र सहयोगीहरुलाई समेटेर रात्री भोज पछी कार्यक्रमको समिक्षा ई-मिडिया हब लिमिटेड युकेका सिईओ ईश्वर चाम्लिङको अगुवाईमा सम्पन्न भएको थियो।

दर्शकहरुको सन्तुष्टी नै कार्यक्रमको सफलता भएकाले दर्शकहरुको मनोरन्जनलाई प्राथमिकतामा राख्दै आगामी कार्यक्रमहरु झन मनोरन्जन लक्षित हुने कुरा समिक्षाका क्रममा सिईओ ईश्वर चाम्लिङले बताउनु भयो।

कार्यक्रमको समिक्षा सँगै सबै टिमलाई एकमुष्ठ रुपमा धन्यबाद र बधाई दिंदै पहिलो कार्यक्रममा भएका झिना मसिना कमी कमजोरीहरुबाट पाठ सिक्दै आगामी बाँकी कार्यक्रमहरुमा अझै बढी सशक्त र सफल बनाउन ध्यान दिन र मेहनतको साथ अगाडी बाध्न ई मिडिया हबका सम्पूर्ण सेल प्रमुख लगायत टिमले खेल्नु पर्ने भूमिका प्रति टिप्पणी गर्दै निर्देशनात्मक आग्रह गर्नु हुंदै कार्यक्रम समापन भएको जानकारी दिनु भएको थियो।

“एभरेष्ट म्युजिकल ब्लाष्ट” २६ मे शुक्रबार साँझ लण्डन ह्यारोको ह्यारो बरो फुटबल क्लब (Post Code: HA2 8SS) मा, २७ मे शनिबार साँझ फोल्कस्टोनको हाउकिङ्स कम्युनिटी सेन्टर (Post code: CT18 7FP) मा, अनि विन्चेस्टर, ननीटन, लगायत बेलायतका बिभिन्न स्थानहरुमा आयोजना हुने छ।





Comments

comments

Leave a Reply

17979