अमेरिकामा बप्‍पी लहिरीले भने: ‘म सधै नेपाल र नेपालीको सच्चा साथी हुं!’

एचकेनेपाल डट कम संवाददाता –

अमेरिकाको विभिन्न शहरमा सांगीतिक यात्रामा आएका चर्चित र वरिष्ठ भारतीय गायक बप्पी लहिरी (डिस्को किङ्ग ) एटलान्टामा भने आश्चर्यचकित हुनुको साथै हर्षित भए।

कार्यक्रमको मध्यान्तरमा आयोजक समितिले प्रायोजक र सहयोगीहरुलाई मंचमा बोलाएर सम्मान गरेका थिए। यसै अवसरमा नेपाल र नेपालीको तर्फबाट पर्यटन-दूत राजा घलेले मायाको चिनो गायक लहिरिलाई प्रदान गर्दा उनी अचम्मित हुनुको साथै निकै हर्षित भएका थिए।

उनले भने – ‘म नेपाल गएको छु र म सधै नेपाल र नेपालीको सच्चा साथी हुं। म नेपालको लागि अवैतनिक राजदूत पनि हुं।’ उनले भने। ‘नेपाल र नेपालीले सम्झेको खण्डमा कुनै पनि बेला म आउनेछु’ उनले प्रतिबद्धता जनाए।

मे २० तारिखका दिन बप्पी लहिरिको कन्सर्ट गुजरात समाज अफ एटलान्टाको भवनमा एटलान्टा इभेन्ट एण्ड प्लान्नरका संस्थापक रामजान बिरानीले आयोजना गरेको थियो। कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न भएको थियो।

साँझको ९ बजेदेखि सुरु भएको कार्यक्रम राति १२ बजे सम्पन्न भएको थियो।





Comments

comments

Leave a Reply

18011