कश्मिरमा ३ गोर्खा सैनिकको मृत्यु

भारतको जम्मु कश्मिरमा भारतीय सेनामा कार्यरत तीनजना गोर्खा सैनिकको मृत्यु भएको छ।

पाकिस्तानी विद्रोहीको आक्रमणबाट उनीहरुले सहादत प्राप्त गरेको भारतीय सेनाले जनाएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।

मृत्यु हुनेहरुमा हवलदार गिरीश गुरुङ, डम्बर बहादुर र राइफल म्यान रविन शर्मा छन् । उनीहरुको अन्त्येष्टिमा सयौं नागरिक उपस्थित थिए। उनीहरुमा सबैभन्दा कान्छा रबिन शर्मा थिए। उनको गत माघमा मात्र बिहे भएको थियो।

मृतक डम्बरका १५ र १३ वर्षका मोनिका र मिलन दुई सन्तान छन् । उनी सन् १९९६ मा सेनामा प्रवेश गरेका थिए।

तस्वीर सौजन्यः एनबीटी





Comments

comments

Leave a Reply

18043