दार्जिलिङमा चर्कियो भाषा आन्दोलन, सरकारी कार्यालयका साइनबोर्ड नेपाली भाषामा

काठमाडौं, जेठ ३० । बंगाली भाषा बाध्यकारी व्यवस्था गरिएपछि नेपाली भाषी भारतीयको सघन बसोबास रहेको दार्जिलिङसहितको गोर्खाल्याण्ड क्षेत्रमा चर्किएको आन्दोलनका कारण सोमबारदेखि त्यहाँका सरकारी कार्यालय बन्द भएका छन्।

गोर्खा जनमुक्ति मोर्चाको आह्वानमा सुरु भएको आन्दोलनका कारण सरकारी र निजी कार्यालयका साइनबोर्ड पनि नेपालीमा लेख्न सुरु गरिएको मोर्चाका सहसचिव विमान तामाङले जानकारी दिए।

मोर्चा अध्यक्ष विमल गुरुङले पहाडदेखि तराई डुवर्ससम्मका साइनबोर्ड नेपालीमा लेखिने बताए।

बंगाली भाषाको बाध्यकारी अध्ययनको व्यवस्थाले करिब एक सय वर्ष पुरानो नेपाली भाषा र जातिको मुक्ति आन्दोलनमा अतिक्रमण भएको भन्दै गोर्खा जनमुक्ति मोर्चाले आन्दोलन सुरु गरेको खबर अन्नपूर्णपोस्टले छापेको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

18354