आज हङकङमा चलचित्र ‘कमलेको बिहे’ प्रदर्शन हुंदै…



आज हङकङमा चलचित्र ‘कमलेको बिहे’ प्रदर्शन हुंदै…

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ९ जुलाई। नेपाली हास्य चलचित्र ‘कमलेको बिहे’ आज आइतवार साँझ याउ मा तेई कम्युनिटी हलमा प्रदर्शन हुने भएको छ।

साँझ ७ बजे हुने च्यारिटी प्रिमियर शोको लागि चलचित्रका प्रमुख पात्र अभिनेता अनुपविक्रम शाही शनिवार बिहान हङकङ आएका छन्। आयोजकले अभिनेता शाहीलाई हङकङ विमानस्थलमा स्वागत गरेका थिए।

फोटोः ब्ल्याक पिग हङकङ

…………………………………….

जुन ९ तारिख हङकङमा ‘कमलेको बिहे’ हुंदै…

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २१ जुन। आगामी जुलाई ९ तारिख आइतवार हङकङमा कमले अर्थात अभिनेता अनुपविक्रम शाहीको बिहे हुने भएको छ।

अनुपको बिहे रियलमा नभएर रिलमा हुने भएको हो। अनुप अभिनित नेपाली हास्य चलचित्र ‘कमलेको बिहे’ लाई नेप्लिज युथ इन्टरटेयनमेन्ट हङकङले प्रिमियर शोको रुपमा प्रदर्शन गरिन लागेको हो।

‘कमलेको बिहे’ नेपालको अनाथालयको सहयोगार्थ च्यारिटी शोको रुपमा याउ मा तेई कम्युनिटी हलमा साँझ ७ बजे प्रदर्शन गरिन लागेको हो। ‘प्रिमियर शोका लागि चलचित्रका प्रमुख पात्र अनुप हङकङ आउने भएका छन्’- नेप्लिज युथका चलचित्र व्यवस्थापन तथा वितरक विभागका प्रमुख मेख गुरुङले भने।


फोटोः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम

प्रसन्न पौडेल निर्देशित चलचित्र ‘कमलेको बिहे’मा अनुपलाई विभिन्न अवतारमा देख्न सकिने छ। ‘चमेली’ बनेकी सन्ध्या केसीसँग बिहे गर्न अनुपले गरेको संघर्षलाई चलचित्रमा प्रस्तुत गरिएको छ।

चलचित्रमा अनुप, सन्ध्यासहित विनोद न्यौपाने, इशान ढकाल, दिपक पहाडी, रेसु तामाङ, किरण लाकौलको मुख्य भूमिका रहेको छ। चलचित्रमा महेश दवाडीको कथा, पटकथा तथा संवाद, विदुर पाण्डेको छायांकन, सम्राट बस्नेतको एक्सन, दिपकमान सिंहको कोरियोग्राफी, तारा थापाको सम्पादन छ। चलचित्रमा सरिता लामाको लगानी छ भने दिपक बिष्ट यसका कार्यकारी निर्माता रहेका छन्। चलचित्रको सह-निर्माताका रुपमा सुनिल बिष्ट र मिलन लामा रहेका छन्।





Comments

comments

Leave a Reply

18435