अवार्डको रकम पत्रकार संस्थालाई सहयोग

पोखरा, २४ असार । अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितले आफूले फोटो पत्रकारिता अवार्डबाट पाएको रकममा व्यक्तिगत रकम थप गरी पत्रकारसँग सम्बन्धित संस्थाहरुलाई सहयोग गरेका छन्।

‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड’बाट प्राप्त पुरस्कार २५ हजार रूपैयाँमा उनले व्यक्तिगत १५ हजार रूपैयाँ थप गरी ४० हजार रुपैयाँ सहयोग गरेका हुन्।

रञ्जितले नेपाल पत्रकार महासंघ कास्की शाखालाई २० हजार रुपैयाँको साउण्ड सिस्टम सहयोग गरेका छन् भने राष्ट्रिय फोटो पत्रकार समूह कास्कीलाई २० हजार रूपैयाँ नगद सहयोग गरेका छन्।

शनिबार महासंघको कास्की शाखा भवनमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई साउड सिस्टम र समूहका उपाध्यक्ष ईन्द्रप्रसाद पौडेललाई नगद हस्तान्तरण गरे।

फोटो पत्रकारिताको माध्यमबाट अवार्ड पाउन सफल भएकाले महासंघ र समूहलाई सहयोग गरेको उनले बताए । ‘सहयोग गर्न पाउँदा निकै खुसी छु,’ उनले भने । गत वैशाखमा एनएफपिजे ग्रेस इन्टरनेशनल खेलकुद फोटो पत्रकारिता अवार्ड रञ्जितले जितेका थिए । राष्ट्रिय फोटो पत्रकार समूहले पहिलोपटक अवार्ड आयोजना गरेको थियो।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

18724