गोर्खाल्यान्डलाई सिक्किमका मुख्यमन्त्रीको समर्थन

काठमाडौं, अलग प्रान्तको माग राख्दै दार्जीलिङमा जारी गोरखा जनमुक्ति मोर्चाको आन्दोलनलाई सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ तथा उनी नेतृत्वको सिक्किम डेमोक्र्याटिक फ्रन्टले समर्थन जनाएको छ।

सिक्किमको ग्यान्टोकमा बिहीबार सम्पन्न फ्रन्टको सम्मेलनमा उक्त समर्थन जनाएको ‘इन्डियन एक्सप्रेस दैनिक’ले उल्लेख गरेको खबर अन्नपूर्ण पोस्टले छापेको छ।

नेपालीभाषी बहुल सिक्किमको यो समर्थनले दार्जीलिङको मुद्दालाई कति प्रबल बनाउँछ, त्यसबारे भने तत्काल अनुमान गर्न कठिन छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

18478