निगमका पाइलटले मासिक ६ लाखसम्म पाउने

नेपाल वायु सेवा निगमका पाइलटको तलबभत्ता ३ सय प्रतिशतसम्म वृद्धि हुने भएको छ।

निजी क्षेत्रका एयरलाइन्सहरूले आकर्षक तलब भत्ता दिन थालेपछि निगममाथि पाइलटको सुविधा बढाउन दबाब परेको थियो। निजी क्षेत्रका एयरलाइन्ससँग प्रतिश्पर्धा गर्न नसकेपछि निगमबाट पाइलटहरू बाहिरिने क्रम बढेको थियो। निगमले लामो समयदेखि पाइलटको तलब बढाउने प्रक्रिया अघि बढाए पनि अर्थ मन्त्रालयले स्वीकृती नदिँदा कार्यान्वयनमा आउन सकेको थिएन।

अर्थले गत बिहीबार पाइलटको तलबभत्ता बढाउने सहमति दिएसँगै अब निगमका जहाज उडाउने क्यिप्टेनहरूको तलब ६ लाख ८ हजार रूपैयाँ पुग्ने खबर कारोबारले छापेको छ। ‘अर्थ मन्त्रालयले सहमति दिएसँगै पाइलटहरूको कर बाहेक बैंक खातामा ४ लाख ५० हजार रूपैयाँ जानेछ,’ सुंस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछानेले भने।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

18516