धोबीखोलाको खाल्डोमा ढुकुटीको ५२ लाख !

वर्षा लागेसँगै काठमाडौंको अनामनगर र बिजुली बजारका स्थानीयवासी कतिखेर धोबीखोलाको बाढी घरमा पस्ने हो भन्ने चिन्ताले त्रस्त छन्।

मुसलधारे पानी परेलगत्तै धोबीखोलामा पानीको बहाव माथिसम्म आउने र खोलामा रहेको फलामको पुलले पानी छेक्दा स्थानीयको घरघरमा पानी पसेर हिलाम्मे हुने गरेको खबर नयाँ पत्रिकाले छापेको छ।

धोबीखोलाको पक्की पुल निर्माण गर्न भण्डार थोडंगा जिटेक जेभी ठेकेदार कम्पनीले ठेक्का पाएको छ । तर, ठेक्का पाएको तीन वर्ष बितिसक्दा पनि खोलामा पुल निर्माण भएको छैन । ठेकेदार कम्पनीले अहिलेसम्म ५२ लाख रुपैयाँ सकिसकेको छ । तर, उसले खोलाको दुई किनारामा खाल्डो खन्नेबाहेक केही गर्न सकेको छैन ।

सडक डिभिजन कार्यालय मीनभवनका अनुसार अनामनगर–थापागाउँ जोड्ने पुल बनाउन ०७१ सालमा ५२ लाख लिएका ठेकेदारले खाल्डो खनेर काम रोके। उनले निकालेको माटोले पानी थुन्दा वरपरका घर डुवानमा छन् । तर, ठेकेदार त्यो खाल्डो खन्न पनि एक करोड खर्च भएको दाबी गरिरहेका छन्। डिभिजन कार्यालयले उक्त ठाउँमा पुल बनाउन ३ करोड रूपैयाँ छुट्टाएको थियो।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

18524