मकवानपुरमा ७ सयभन्दा बढी उम्मेदवारको धरौटी जफत

प्रदेश नम्बर ३ अन्तर्गत बैशाख ३१ मा मकवानपुरमा भएको स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उठेका ७ सय ६ उम्मेदवारको धरौटी जफत भएको छ।

जिल्लाको ८ वटा गाउँपालिका, एक नगरपालिका र एक उप महानगरपालिकाको स्थानीय तहका लागि उम्मेदवारी दिएका मध्ये ७ सय ६ जनाको धरौटी जफत हुने भएको हो।

निर्वाचनमा कुल खसेको सदर मतको १० प्रतिशत मत नआए धरौटी जफत हुने जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको खबर नेपाल समाचारपत्रमा छ।





Comments

comments

Leave a Reply

18672