मुलुककै सबैभन्दा ठूलो जलविद्युत केन्द्र कालीगण्डकी ए निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जल यातायात (स्टिमर) बर्षायामसँगै अवरुद्ध भएको छ।
नदीमा पानीको वहाव बढेपछि दूर्घटना बढ्ने खतराले असारको पहिलो सातादेखि नै स्टिमर बन्द गरिएको खबर आजको नेपाल समाचारपत्रमा छ।
सेवा बन्द भएपछि पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका ग्रामिण क्षेत्रका बासिन्दाले ४ घण्टा लामो यात्रा गर्नु परेको छ।