भागवण्डा मिले आज मन्त्रीमण्डल विस्तार हुने

प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीमण्डल विस्तारको अन्तिम तयारीमा लागेका छन्।

पार्टीभित्र पनि भागवण्डा मिलाउनुपर्ने भएकोले हिजो (बुधबार) देउवाले रामचन्द्र पौडेल पक्षसँग नाम मागेका थिए।

तर पौडेल पक्षले कुन कुन मन्त्रालय दिने हो नाम पहिला मागेपछि बुधबार साँझ मन्त्रालय भागवण्डाको तयारी भएको छ।

देउवाले पौडेल पक्षलाई ४ वटा र कृष्णप्रसाद सिटौलालाई एउटा मन्त्रालय दिने बताउनुभएको देउवा निकट स्रोतले जानकारी दिएको छ।

वर्तमान संयुक्त सरकारमा कांग्रेसले १२ वटा मन्त्रालय राख्ने माओवादी केन्द्रसँग सहमति भएको छ । देउवाले पार्टीभित्रको गुट व्यवस्थापन गर्न पौडेल र सिटौला पक्षलाई ५ वटा मन्त्रालय दिने र अन्य मन्त्रालय आफ्नो पक्षलाई दिने तयारी गरेका छन् ।

पार्टीभित्रको भागबण्डा मिलेमा प्रधानमन्त्री देउवाले आज बिहीबार मन्त्रीमण्डलको विस्तार गर्ने तयारी गरेको खबर नेपाल समाचारपत्रमा छ।





Comments

comments

Leave a Reply

18682