प्रधानमन्त्री देउवा सानतिनो काम र भोज भतेरमै व्यस्त!

काठमाडौं, आफ्नो सचिवालय चुस्त दुरुस्त बनाउँदै तथा आवश्यक सल्लाहकारहरू नियुक्त गरेर प्रथमिकताका आधारमा दैनिक कार्यसम्पादनलाई व्यवस्थित ढंगले अघि बढाउन नसकेका प्रधानमन्त्री शेरबहादुर देउवा दैनिक आलोचनाको पात्र बन्न थालेका छन्।

साथै कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले प्रभावकारी ढंगले पार्टी सञ्चालन गर्न नसकेको भनेर पार्टीभित्रै पनि आलोचित बन्दै गएका खबर नेपाल समाचरपत्र दैनिकले छापेको छ।

देउवा निकट कांग्रेसका एक नेताले भने, ‘देउवाले चुनौतीपूर्ण अवस्थामा गरेको कामको वाहवाही पाउनुपर्ने बेलमा झन् आलोचित बन्दै जानुभएको छ । प्रधानमन्त्री अहिले विहे, भोज, नातेदार चिनजानका साथीभाइ भेटघाटजस्ता सामान्य र व्यक्तिगत काममा व्यस्त देखिनुभएको छ।’





Comments

comments

Leave a Reply

18686