जुझारु टिमकै कारण नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री र पार्टी सभापतिको जिम्मेवारीमा पुग्न सफल भएको मानिन्छ।
तर, पार्टीको मलु कमाण्ड सम्हालेयता देउवाको पुरानो टिम भत्कक्दै गएको छ भने नयाँलाई विश्वास गर्न नसक्दा मुलकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको एक महिना वित्न लाग्दासमेत उनले सचिवालय र सल्लाहकार समूह बनाउन सकेको छैनन्।
देउवाले आफ्नो सहयोगी समूह बनाउन नसक्दा राज्य र पार्टी सन्चालनमा पत्नी आरजु देउवा हाबी भएकी छिन्। एक हिसाबले भन्ने हो भने प्रधानमन्त्री देउवाको प्रमुख सल्लाहाकार भूमिकामा उनै आर्जु देखिएकी खबर आजको नागरिक दैनिकमा छ।