कर्म कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट हुमबहादुर गुरुङ पुरस्कृत

गिता राना मगर

पोखरा, २९ असार । ‘कर्म कर्ण’ आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७४ कास्की आवाज राष्ट्रिय दैनिकका सम्पादक हुम बहादुर गुरुङलाई प्रदान गरिएको छ।

समाजसेवी तथा तमु धीं नेपालका अध्यक्ष कर्म गुरुङद्वारा आफ्नो वैवाहिक समारोहको वर्षगांठको अवसरमा स्थापित आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) कास्कीद्वारा प्रदान गरिदै आइएको पुरस्कार आदिवासी जनजातीको समुत्थानका साथै पत्रकारिताका माध्यमबाट समाजमा विशिष्ट योगदान गरेको भन्दै गुरुङलाई प्रदान गरिएको हो।

विहीबार एक कार्यक्रमकाबीच पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, पुरस्कार संस्थापिका कर्मा गुरुङ र फोनिज कास्कीका अध्यक्ष एमबी आस्थाले संयुक्त रुपमा १५ हजार रुपैयाँ नगद सहित दोसल्ला र सम्मानपत्र सहित गुरुङलाई पुरस्कृत गरिएको थियो । पुरस्कार वितरण गर्दै महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पत्रकारिताका माध्यमबाट सामाजिक सचेतना र विकासमा महत्वपूर्ण योगदान हुने बताउँदै पत्रकारिताको विकासमा महानगरका तर्फबाट पनि सक्दो सहयोग गर्ने बताउनुभयो।

त्यस्तै कास्कीका प्रमुख जिल्ला अधिकारी तारा प्रसाद अधिकारीले आदिवासी जनजातिको क्षेत्रमा फोनिज कास्कीले विभिन्न कार्यक्रमहरु ल्याउन आग्रह गर्दै आफुले पनि सक्दो सहयोग गर्ने वताए । पुरस्कृत ब्याक्तित्व हुम बहादुर गुरुङले अझैपनि जनजातिहरुको पक्षमा मुल धारमा सञ्चारमाध्यामहरुले समारचार सम्प्रेसण गर्न नचाइरहेको वताउदै त्यसप्रति जनजाति पत्रकारहरुले आवाज वुलंद गर्नुपर्ने वताए । पुरस्कारदाता समाजसेवी कर्म गुरुङले आफुले स्थापना गरेको पुरस्कारले आदिवासी जनजातिको पक्षमा अहोरात्र खटिने र कलम चलाउने सञ्चारकर्मीलाई पुरस्कार गर्न पाएको खुसी ब्यक्त गर्दै आगामी दिनमा पनि पुरस्कारलाई निरन्तरता प्रदान गरिने वताइन्।

उक्त अवसरमा ‘जनसेवा श्री पदक’ बाट सम्मानित कर्म गुरुङ्ग, अशोक पालिखे, तीर्थ श्रेष्ठ, छ्याम बहादुर थापा मगर र कास्की प्रहरी प्रमुख घनश्याम अर्याल र पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठ सहित स्थानीय तहमा जनजातिबाट प्रतिनिधित्व गर्ने पदाधिकारीलाई समेत सम्मान गरिएको थियो।

सम्मानित ब्याक्तिहरुको तर्फबाट वोल्दै समाजसेवी अशोक पालिखेले तमु धी जस्तो समाजाजिक संस्थाका अध्यक्ष तथा समाजसेवी कर्म गुरुङद्धारा स्थापित पुरस्कार वितरण समारोहमा आफूहरुलाई पनि सम्मान गरेकोमा आफुहरु अझैपनि सामाजिक सेवामा लाग्न प्रेरित गरेको वताए।

सो अवसरमा स्थानीय तहको काम कर्तब्य र अधिकारको वारेमा अधिवक्ता सुरेन्द्र थापा मगरले प्रस्तुतीकरण प्रस्तुत गरेका थिए । फोनिज कास्कीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, पुरस्कार छनौट समितीका संयोजक सरस्वती गुरुङ, फोनिजका सल्लाहकार राजबहादुर गुरुङ लगायतले आ आफ्ना धारणा राखेका थिएभने कार्यक्रमको सञ्चालन फोनिज कास्कीका सचिव भुपाल गुरुङले गरेका थिए।





Comments

comments

Leave a Reply

18791