सुन्तलीको हत्यारा छाडेको भन्दै डीएसपीसहित ११ प्रहरीलाई कारबाही सिफारिस

साढे ५ वर्षअघि रामेछापको लिखु गाउँपालिका-२ सैंपुकी १४ वर्षीया सुन्तली तामाङको हत्यामा संलग्न श्याम राउतलाई पक्राउ नगर्ने रामेछापका तत्कालिन डिएसपी सञ्जिब शर्मा दाससहित ११ जना प्रहरीलाई विभागीय कारबाही हुने भएको छ।

साढे ५ वर्षअघि डीएसपी दासले अभियुक्त पक्राउ गरेर पनि छोडेको निष्कर्षसहित मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौडाले विभागीय कारबाहीका लागि प्रहरी प्रधान कार्यालयमा सिफारिस गरेको खबर नेपाल समाचार पत्रले छापेको छ।

मध्य क्षेत्रीय प्रहरी कार्यालयले सात जनालाई कारबाही अगाडि बढाएको छ भने चार जनालाई विभागीय कारबाहीका लागि प्रहरी प्रधान कार्यालयमा सिफारिस गरेको छ।





Comments

comments

Leave a Reply

18796