गायनमा उजनको पुनरागमन

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

पुरानो गीत ‘गौरदहको बजारैमा’लाई रिमेक गरी गाएर चर्चामा आएका गायक उजन नेम्बाङ अब बहने आफूलाई गायनमा पूर्णरुपमा समर्पित गर्ने योजनामा छन्।

‘गौरदहको बजारैमा’ पछि आएका उनका अन्य गीतले त्यति नाचिनाएपछि कहिले मोडलिंग कहिले डाइरेक्सनतिर पनि हात हाले । उनै गायक उजन नेम्बाङले ‘मायाको खेल‘’ बोलको नयाँ गीत रेकर्ड गरि भिडियोसमेत तयार गरेका छन् आफ्नै निर्देशनमा।

भिडियोमा प्रिया रानी लामा,दृश्य सुबेदी र रवी शर्माले अभिनय गरेका छन् भने अर्जुन तिवारीले छायाँकन र निशान घिमिरेले भिडियो सम्पादन गरेका छन्।

यो गीतमा बाङ्लादेशी गीतारिस्ट तथा अरेन्जर अभिजित चक्रवर्तीले अरेन्ज र गीतार वर्क गरेका छन् भने राजु बाबु श्रेष्ठको शब्द र ताङ्साङ नेम्बाङको संगीत सुन्न सकिन्छ। अर्जुन तिवारीले छायाँकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्। उनको गायनमा पुनरागमनले कतिको साथ् दिने हो, त्यो आउने दिनले पक्कै बताउनेछ।





Comments

comments

Leave a Reply

18881