सम्मेलनमा सहभागी हुन पौडेल अमेरिका प्रस्थान

केशव पाठक –

पोखरा, ५ साउन । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल विहिवार अमेरिका प्रस्थान गरेका छन्।

अमेरिकाको लस ऐन्जलसमा अन्तर्राष्ट्रिय स्केटिङ्ग महसंघको आयोजनामा हुने सम्मेलनमा सहभागिता जनाउन नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै अमेरिका जान लागेका हुन्।

जिल्ला खेलाडी संघ कास्कीले आयोजना गरेको विदाई कार्यक्रममा अध्यक्ष पौडेलले १३ औं सागलाई केन्द्रित गर्दै भएका विकास निर्माणका पूर्वाधारहरु अन्तराष्ट्रिय मापदण्डका आधारमा हुने वताए । उनले पोखरा रंगशालामा हुने निर्माण कार्यका केही खेलका पूर्वाधारहरु निर्माण कार्यहरु निजी संस्थाहरुको समेतको सहभागितामा हुने वताए। उनले भने –‘राज्यको मात्र मुख ताकेर पूर्वाधार वन्न सक्दैनन निजी संस्थाको सहभागिता पनि उत्तिकै अपरिहार्य वन्दै गएको छ ।’ पौडेलले पोखराको पर्यटन क्षेत्रलाई माथि उठाउन पनि खेलकुद पर्यटन विकासमा सवै जुट्नु पर्ने वताए।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले खेलकुद विकासमा लागि परेको अभियान्तालाई अन्तर्राष्ट्रिय क्षेत्रवाट निमन्त्रणा आउनु सुखद रहेको वताउँदै यस क्षेत्रको खेलकुदलाई अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाउन सहयोगी हुने वताए।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिती कास्कीका अध्यक्ष याम गुरुङ्ग, कार्यालय प्रमुख प्रकाश वराल लगाएतले उनलाई शुभकामना दिएका थिए।

तिन साताको भ्रमणमा अमेरिका प्रस्थान गर्न लागेका अध्यक्ष पौडेललाई पूर्व अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, खेलाडी, कार्यालयका कर्मचारी, क्षेत्रिय तथा जिल्ला खेलकुद विकास समितीका पदाधिकारी लगाएतले शुभकामना दिएका थिए।





Comments

comments

Leave a Reply

18886