हङकङमा नेपाली व्यवसायी गुरुङमाथि चक्कु प्रहार, कसले गर्यो आक्रमण?

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २२ जुलाई । हङकङमा शुक्रवार राति नेपाली व्यवसायी कर्मा गुरुङमाथि चक्कु प्रहार भएको छ।

जोर्डनको होलसेल पसलबाट याउ मा तेईस्थित घरतिर फर्कने क्रममा पाकिस्तानीमूलका (एक साउथ एसियन)को समूहबाट उनीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ।

बायाँ खुट्टामा चक्कु र टाउकोमा बोटल प्रहार भएपछि रगताम्य अवस्थामा गुरुङलाई उद्धार गरि अस्पताल लगिएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आइतवार सम्पन्न हुने चुनावमा गुरुङले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भने उनी वर्तमान कार्यसमितिका सदस्यसमेत हुन्।

तस्वीर सौजन्यः हङकङ वन सीसी





Comments

comments

Leave a Reply

18908