चीनको मोटरबाटो नेपालको ओलाङचुङगोलामा आईपुग्यो…

नेपाल र चीनको सिमाना टिप्ताला भञ्ज्याङवाट सुरु भएको मोटरबाटो शुक्रबार ओलाङचुङगोलामो आइपुगेको छ।

ओलाङचुङगोला सिमा प्रहरी चौकी छेउसम्म मोटरवाटोको ट्रयाक खोलिएकोछ। त्यहाँसम्म दुइवटा स्काभेटर, एउटा लोडर र तेल बोक्ने ट्यांकर आइपुगेका छन्। निर्माण सुरु भएको सात महिना नपुग्दै चिनियाँ ड्राइभरले नेपाली पहाड छिचोलेर ओलाङचुङगोलाको वस्तीसम्मै सडक पुर्याएका हुन्।

२१ किलोमिटर लामो यो बस्तीको सडक निर्माणको दुइ तिहाई बढी लगानी यही जन्मेर बाहिर बस्दै आएकाहरुले गरेका छन्। ३ करोडको हाराहारीमा खर्च भएको सडकका लागि २ करोड ५० लाख वालुङ समाजले संकलन गरेको हो। गाविस, सांसद विकास कोषको  ५३ लाख खर्च भएको उपभोक्ता समिति अध्यक्ष छेतेन वालुङले वताए। यसअघि उत्तर दक्षिण लोकमार्ग आयोजनाले ८ लाख रुपैंयाँ खर्चिएको छ।

गाउँको दुर्गमतालाई हटाउन र बसाइसराइ रोक्न वालुङहरुले लगानी गरेको समाजका ताम्ला उक्यावले बताए। यसलाइ बाह्रै महिना चल्ने बनाउन भित्तामा नाली काट्ने, आवश्यक ठाउँमा ढल बनाउने र सडकमा पानी बग्न नदिने योजना उपभोक्ता समितिको छ। ट्रयाक खोलेर ल्याएका यिनै मेशिन अव फेरि सडक मजबुत बनाउदैं फर्कने र त्यसपछि लोडर लगाएर पेल्ने छेतेन बताउँछन।

उपभोक्ता समितिले निर्माणको जिम्मा चिनियाँ ठेकदार कम्पनीलाई दिएको छ। तर यसको नियमित अनुगमन भने चिनियाँ प्रशासनले गरिरहेको छेतेनले बताए। ‘कहीं नराम्रो बनाए र गुणस्तरहिन भए उनीहरुले (तिब्बती प्रशासन) नै सुधार गर्न लगाउँछन, हामीले गुनासो गरेपुग्छ’ छेतेनले भने।

सडक निर्माणको क्रममा तमोर दनीलाइ दुईठाउँमा तारिएको छ। टिप्तालावाट तमोरको बाँया र गोलावाट दाया किनार पारेर खनिएको सडक मौवाटार छेउमा पुग्दा भासिएपछि र मेशिन समेत चलाउन सक्ने अवस्था नभएपछि नदी तारिएको हो। अहिलेको अवस्थामा नदीमा अव दुइठाउँमा मात्रै पुल हाले हुने भएको छ। मान्छेलेनै बिनापुल तर्न सकिने भएकाले पुल नभएपनि यातायात सञ्चालनमा भने कठिनाइ नहुने स्थानियबासी बताउँछन।

यसरी भएको थियो सडक निर्माण
सदरमुकाम फुङलिङवाट ओलाङचुङगोला हुँदै टिप्ताला भञ्ज्याङसम्मको सडक २०६६ सालमा सुरु भएको हो। उत्तरी नाका जोड्ने यो सडकलाई प्राथमिकता दिंदै सरकारले सदरमुकाम फुङलिङमा ‘उत्तर दक्षीण लोकमार्ग ओलाङचुङगोला आयोजना’ को कार्यालयनै स्थापना गर्यो। पहिलो वर्ष ८ करोड रुपैंयाँ बिनियोजन भयो र सुकेटार विमानस्थल छेउवाट निर्माण कार्य सुरु गरियो। तर क्रमिकरुपमा सडकको प्राथमिकता घट्यो। यसका लागि वार्षिक ३ करोड रुपैंयाँ मात्रै बिनियोजन हुनथाल्यो।

बहुवर्षीय ठेक्का सम्मपनि परेन। कम वजेट र कम प्राथमिकता भएपछि ओलाङचुङगोलामा जन्मेर काठमाण्डौं, अमेरिका, वेलायतलगायतका देशमा रहेका वालुङहरु संगठित भए र चीनको सिमानावाट निर्माण सुरु गर्ने निर्णय गरे। काठमाडौमा बस्दै आएका समाजका एक सदस्य तथा पूर्व प्रशासक ताम्ला उक्यावका अनुसार यस्कालागि तीनवटा बिकल्प तयार पारियो। पहिलो, चीन सरकारलाइ भाडामा मेशिन माग्ने, यसका लागि कुटनीतिक पहल गरिदिन नेपाल सरकारलाइ अनुरोध गर्ने। दोश्रो, सिन्धुपाल्चोकको सडकमार्ग भएर नेपाली मेसिन तिब्बतको रिउ पुर्याउने र आफ्नै देशको मेशिनले सडक खन्ने। तेश्रो, हेलिकप्टरवाट मेशिन ढुवानी गर्ने र सिमानावाट खन्न थाल्ने। कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

18906