स्कूल बस र मोटरसाइकल ठोक्किँदा २३ वर्षीय पाकिस्तानी विद्यार्थीको मृत्यु

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २० मे। काउलुन सिटीको बाउन्ड्री स्ट्रिटमा मंगलबार साँझ एउटा स्कूल बस र मोटरसाइकल एकापसमा ठोक्किँदा २३ वर्षीय विश्वविद्यालयका एक विद्यार्थीको मृत्यु भएको छ।

मृतक युवक पाकिस्तानी नागरिक हुन्। प्रहरीका अनुसार कलेज रोड नजिकै कुन तोङतर्फ गुडिरहेको विद्यालय बस र मोटरसाइकल ठोक्किएका थिए।

दुर्घटनामा दक्षिण एसियाली मूलका ती मोटरसाइकल चालकको टाउकोमा गम्भीर चोट लागेको थियो।

दुर्घटनालगत्तै सडकमा अचेत अवस्थामा भेटिएका उनलाई उद्धार गरी तत्काल क्वाङ वाह अस्पताल पुर्‍याइएको थियो।

अस्पतालका चिकित्सकहरूले उपचारका क्रममा उनलाई मृत घोषित गरेका थिए। दुर्घटनाका समयमा बसमा विद्यार्थीहरू सवार रहे तापनि बसभित्र रहेका कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।





Comments

comments

138710