भरतपुर- १९ मा शुक्रबार मतदान, ७८६ मतले देवी अघि

सर्वोच्च अदालतले भरतपुर महानगरपालिका–१९ मा पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि आगामी शुक्रबार मतदान हुने भएको छ। निर्वाचनको मिति घोषणा गरेलगत्तै मौन अवधि सुरु भएपछि उम्मेदवारले थप प्रचारप्रसार गर्न नपाउने भएका छन्।

मंगलबारबाटै मौन अवधि सुरु भएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए । यस अवधिमा उम्मेदवारहरूले चुनाव प्रचारप्रसारका कुनै गतिविधि गर्न पाउने छैनन्।

शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । सहायक निर्वाचन अधिकृत घिमिरेका अनुसार शनिबार रातीबाटै मतगणना सुरु हुनेछ । ‘२० गते चुनाव भएपछि सबै मतपेटिका तत्काल संकलन गरेर त्यसैदिन रातिबाट मतगणना हुन्छ,।’

वडा नम्बर १९ मा तीनवटा मतदानस्थल र ६ वटा मतदान केन्द्र छन् । ती केन्द्रबाट तीन हजार सात सय ९७ मतदाताले मत खसाल्न पाउनेछन्।

वडा नं. १९ मा ३,७९७ मतदाता
भरतपुर महानगरमा २७ वटा वडाको मतगणना भइसकेको छ । अब निर्वाचन हुन बाँकी वडा नम्बर १९ र २० को गणना हुनेछ । २७ वटा वडाको अन्तिम नतिजाअनुसार एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले ४० हजार ९८० मत ल्याएका छन् । माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको ४० हजार १९४ मत छ । चार हजार ३३१ मतदाता रहेको वडा नम्बर २० मा तीन हजार ३१८ मत खसेको छ । यो वडाको मत गन्न बाँकी छ । त्यस्तै, फेरि मतदान हुन लागेको वडा नं. १९ का तीनवटा मतदानस्थल र ६ वटा मतदान केन्द्रबाट तीन हजार ७९७ जनाले मत खसाल्न पाउनेछन्।

जलाइयो च्यातिएको मत
पहिलो चरणअन्तर्गत ३१ वैशाखमा भरतपुर महानगरपालिका–१९ का मतदाताले हालेको मत मंगलबार जलाएर नष्ट गरिएको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको नेतृत्वमा गणनास्थल कभर्ड हल परिसरमा साँझ साढे ४ बजे मतपत्र जलाइएको हो। आजको नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

19114