शव जलाउन धौधौ : तीन घण्टा कुर्नुपर्ने

पशुपतिस्थित आर्यघाटमा शव जलाउन तीन घण्टा लाइन बस्नुपर्ने भएको छ।

आफन्त गुमाएको पीडासँगै मृतकका आफन्तले शव जलाउने ठाउँमा तीन घण्टा कुनुपर्ने सृजना भएको खबर आजको नेपाल समाचारपत्रमा छ।

हाल आर्यघाटमा ११ वटा शव जलाउने स्थान छन् । जसअनुसार १ नम्बरमा विशिष्ट व्यक्तिहरुको मात्र शव जलाउने गरिन्छ।

दाउराबाट शव जलाउन महँगो र वातावरणीय दृष्टिकोणबाट पनि प्रदुषण हुने भएकाले पशुपति क्षेत्र विकास कोषले दुई बर्षबाट इलेक्ट्रोनिक शवदाह गृह सञ्चालनमा ल्याएको थियो।

तर शवदाहगृह विगत एक महिनादेखि बिग्रिएका कारण आर्यघाटमा मृतकका आफन्तले तीन घण्टासम्म कुर्नुपरेको हो।





Comments

comments

Leave a Reply

19156