आयल निगमले किनेको जग्गा डुबानमा

रुपन्देहीको भैरहवा–परासी सडकखण्डको रोहिणी नदी किनारमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारण गर्न किनेको जग्गा डुबानमा परेको छ।

बिहीबारदेखि लगातार परेको पानीले रोहिणी नदी उर्लिंदा निगमले किनेको बगर जग्गा डुबाएको खबर नयाँ पत्रिकामा छ।

निगमले गत असारमा रुपन्देहीको साबिकका धकधई, पट्खौली र वसन्तपुर गाविसमा करिब १४ बिघा ७ कट्ठा जग्गा खरिद गरेको थियो। त्यसमध्ये १४ कठ्ठा नदीकै बगरमा पर्छ । जहाँ पहिला रोहिणी नदी बग्दथ्यो । नदीले पश्चिमतर्फ कटान गरेपछि पूर्वतर्फ बगर बनेको थियो । अहिले नदीबाट उर्लिएको भेल निगमको जग्गा हुँदै बगेको छ।

भू–माफियासँग चलनचल्तीको मूल्यभन्दा दोब्बर बढीमा निगमले जग्गा खरिद गरेको थियो । ओमसतिया गाउँपालिका–४ र ५ मा पर्ने रोहणी नदी किनारमा चल्तीको न्यूनतम मूल्य प्रतिकठ्ठा साढे १ लाखदेखि ३ लाख पर्छ । तर, निगमले १० लाख ९३ हजारका दरले खरिद गरेको थियो।





Comments

comments

Leave a Reply

19154