कांग्रेसका तर्फबाट निर्विरोध निर्वाचित भोटखोला गाउँपालिका-५ संखुवासभाकी दलित सदस्य कमला विकको २३ दिन पछि कंकाल भेटिएको प्रहरीले जनाएको छ।
गत असार ३४ बाट हराइरहेकी ३८ बर्षीया बिकको कंकाल अरुण नदी र ठगम खोला दोभानमा भेटिएको खबर कान्तिपुरले छापेको छ।
५० फिटमाथि ढुंगाको चेपमा उनको कंकाल भेटिएको प्रहरीले जनाएको छ । उनको शव भेटिएको स्थानमा चुँडिएको सल पनि फेला परेको छ।
विक निर्वाचित भएलगत्तै बेपत्ता भएकी थिइन्।