नेपाली नागरिकले अब निजी जहाज किन्न सक्ने

नेपाली नागरिकले पनि अब निजी जहाज राख्न पाउने सम्भावना देखिएको छ।

नेपालको विद्यमान कानुनमा निजी प्रयोजनका लागि हवाइजहाज तथा हेलिकप्टर राख्न नपाइने प्रावधान रहे पनि यसलाई संशोधन गर्दै खुकुलो व्यवस्था गर्न लागिएको हो।

यसबाट नेपालका धनाड्य तथा शौखिन व्यक्तिहरुका लागि निजी जहाज खरिद गर्ने बाटो खुल्नेछ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ल्याउन लागेको हवाई उद्योग व्यवस्थापन नियमावलीमा निजी जेट राख्न पाउने व्यवस्था गरिएको छ।

विमानस्थल पनि निजी : सरकारले निजी विमानस्थलको निर्माणको समेत बाटो खुला गर्ने तयारी गरेको खबर कारोबारमा छ।

छुटाउंनु भयो कि? Tai Tong Park मा BBQ पार्टी खाना जाँदा… (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

19178