प्रेमी भेट्न ताइवानबाट धरान आएकी फाङ बिचल्लीमा: भयो यस्तो घटना

धरान – प्रेमी भेट्न धरान आएकी एक ताइवानी चेली बिचल्लीमा परेकी छन्।

करिब चार लाख रुपैयाँ चोरी भएपछि ३० बर्षकी हु तिङ फाङ बिचल्लीमा परेकी हुन्। उनी धरान १८ स्थित मंगलबारे चोक बस्ने नितेश ह्युज लोहारको जन्मदिन मनाउन आएकी थिइन्।

सरप्राइज गिफ्ट खरिद गर्न आइतबार दिउँसो बजार हिँडेकी उनी रकम चोरी भएपछि घर फर्किन सकेकी छैनन्।

रमाइलो गरेर प्रमी नितेशको जन्मदिन मनाउने उनको धोको अधुरै रहेको कान्तिपुरमा छ।

सामान किनेर घर फर्कने बेला आफू चढेको सफारीमै रकम चोरी भएपछि स्वदेश फर्कन समस्या भएको उनले बताइन्।





Comments

comments

Leave a Reply

19441