डलर तस्करी आरोपित पाईलटको विदेश तालिम रोकियो

विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका वरिष्ठ पाईलट क्याप्टेन सुवर्ण अवालेलाई तालिमका लागि तत्काल विदेश नपठाउन सरकारले नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ।

क्याप्टेन अवालेको उडान लाईसेन्स अद्यावधिक गर्न लाखौँ खर्च गर्दै निगम ब्यवस्थापनले उनलाई सिमुलेटर तालिम लिन सिंगापुर पठाउने निर्णय गरेको समाचार प्रकाशित भएको थियो ।

उनी बिहिबार राति साढे ११ बजे निगमकै जहाजबाट मलेसियाको क्वालालम्पुर जाने तयारीमा थिए। अवालेले सिंगापुर तालिममा जान बिहिबारै नगमबाट २ हजार डलर (२ लाख रूपैयाँ) भत्ताबापत बुझेका छन्।

फौजदारी अभियोग लागेका काप्टेन अवालेलाई तालिममा सिंगापुर पठाउने काम तत्काल रोक्न लिखित निर्देशन दिएका छौ,’ संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका निमित्त सचिव शुरेस आचार्यले भने,‘गम्भीर अभियोग लागेका अभियुक्तलाई विदेश पठाउने निर्णय कानुनबिपरित छ। यो रोक्नैपर्छ।’

उनका अनुसार अवालेका विदेश भ्रमणबारे समाचार सार्वजनिक भएपछि मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, रजाश्व अनुसन्धान विभागका महानिर्देशक गोपाल बराल, उपमहानिर्देशक यज्ञ कोइराला र अनुसन्धान अधिकृतसँग छलफल गरेर अवालेको उडान रोक्न निर्देशन दिएको खबर नागरिक दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

19451