मिस पूर्वाञ्चलको टिकटबाट संकलित सम्पूर्ण रकम बाढीपीडितलाई (भिडियोसहित)

एचकेनेपाल डट कम संवाददाता –
इटहरी ।   पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिस पूर्वाञ्चलले बााढीबाट क्षत बिक्षत बनेको इटहरीस्थित गैरीगाउं पुनःनिर्माणकालागि सक्दो सहयोग जुटाउने भएको छ।

शनिवार सुनसरीको इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाले यस्तो घोषणा गरेको हो।

मिस पूर्वाञ्चल आठौ संस्करणको टिकटबाट संकलित सम्पूर्ण रकम इटहरी उपमहानगरपालिकाको सहकार्यमा बाढीपीडितहरूलाई प्रदान गर्ने जनाइएको छ।

भिडियो हेर्नुहोस्

बिगत ८ बर्षदेखि सिल्भर इन्टरटेन्मेन्टले मिस पूर्वाञ्चलको आयोजना गर्दै आएको छ। सिल्भर इन्टरटेन्मेन्टले अघिल्लो बर्ष धरानस्थित आसारा सुधार गृहलाई टिकट बिक्रिबाट उठेको रकममध्ये आधा ५ लाख ६५ हजार रूपैया सहयोग स्वरूप प्रदान गरेको थियो भने धरानको अपांग पुनर्स्थापना केन्द्र , भेडेटार – नाम्जेस्थित आत्माघर निर्माण, फिस्टुला फ्री नेपाल लगायतको कार्यमा सहयोग गरेको छ।

यो बर्ष मिस पूर्वाञ्चलको टिकट बिक्रिबाट संकलित रकम सामाजिक कार्यमा लगाउने उद्देश्य स्वरूप इटहरीको गैरीगाउ पूनःनिर्माण तथा राहतमा जुटाउने भएको पत्रकार सम्मेलनमा सिल्भर इन्टरटेन्मेन्टका अध्यक्ष दिपक बनेपालीले बताउनु भयो।

सम्मेलन अघि सम्पूर्ण प्रतियोगीसहित आयोजक टोलीले इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमसंग कार्यालयमा भेटघाट गरेको थियो । यसरी बाढीपीडितलाई सहयोग गर्ने मनसायको कुरा सुनेपछि उपमेयर गौतमले राम्रो काम भन्दै सराहना गर्नु भएको थियो ।

सम्पूर्ण मिस पूर्वाञ्चलका प्रतियोगीले बाढीले क्षतिग्रस्त इटहरीस्थित गैरीगाउको अवलोकन समेत गरेका थिए। करिब ८१ घरले अब खानाका लागि भन्दा पनि बासका लागि आवश्यक सहयोगको खाँचो रहेको बताएका थिए।





Comments

comments

Leave a Reply

19477