लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका कुलमान घिसिङलाई अख्तियार लगाएर हटाउने खेल
दैनिक १२ घन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन उर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागिपरेका छन्।
गत बर्षको भदौ २९ गते चार बर्षका लागि नियुक्त घिसिङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बैशाखी टेकेर हटाउन लागिएको हो।
लोडसेडिङ सधैंका लागि अन्त्य गरी ‘उज्यालो नेपाल’ बनाउने अभियानमा लागेका घिसिङ र उनका सहयोगीको सम्पत्ति छानविन गर्न आयोगमा निवेदन दिएको खुलाशा भएको छ।
घिसिङ, राजिब शर्मा, प्रवल अधिकारीलगायत प्राधिकरणका उच्च तहका ६ जना कर्मचारीविरुद्ध निवेदन दिइएको अख्तियार स्रोतको भनाइ छ।
प्राधिकरणका ती अधिकारी आयोगले थमाएको व्यक्तिगत विवरण फाराम(१३ पाने) भर्न तल्लीन छन् । घिसिङलाई हटाउने अन्य उपाय नभएपछि उर्जामन्त्री महेन्द्रबहादुर शाहीले अख्तियार गुहारेका हुन्।
उर्जामन्त्री शाहीले प्राधिकरणका उच्च कर्मचारी सम्पत्ति विवरण भर्न तल्लीन रहेकाले काममा प्रभाव परेको बताउँदै आएका छन्।
‘सम्पत्ति विवरण भर्नुपर्ने कारणले प्राधिकरणका केही कर्मचारी विदामा छन्,’ उनले भने, ‘यसले काममा असर पारेको छ ।’नागरिक दैनिकमा खबर छ।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)