प्रधानमन्त्रीको भारत भ्रमणप्रति सत्तारुढ नै क्षुब्ध

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला उठेका संविधान संशोधन र कोसी उच्च बाँधका विषयलाई लिएर सत्तारुढसहित विपक्षी दलले आक्रोश पोखेका छन्।

उनीहरूले संविधान संशोधनका विषयमा देउवाको अभिव्यक्ति र नेपाल-भारत संयुक्त विज्ञप्तिका सम्बन्धमा सर्वदलीय बैठकमार्फत प्रधनमन्त्रीले प्रस्ट पार्नुपर्ने माग गरेका छन्।

संविधान संशोधनमा आफूले संसद्मा दुईतिहाइ जुटाउन नसकेकाले त्यसका लागि पहल गर्न भारतीय प्रधानमन्त्रीलाई आग्रह गर्दै देउवाले राष्ट्रिय स्वाभिमान गिराएको दलका नेताहरूको आरोप छ।

संयुक्त विज्ञप्तिको बुँदा नं. २८ मा कोसी उच्च बाँधबारे राष्ट्रिय सहिमतिविना सहमति गर्नु मुलुकका लागि धोका भएको टिप्पणी सत्ता गठबन्धनकै माओवादी केन्द्र, विपक्षी एमाले, राप्रपालगायत केही साना दलले गरेका छन्। अन्नपूर्णपोष्टमा खबर छ।





Comments

comments

Leave a Reply

19503