अब ३ दिनअघि विभागले गर्छ बाढीको भविष्यवाणी

मुलुकका मुख्य नदी र जलाधार क्षेत्र आसपासमा बसोबास गर्ने स्थानीय बासिन्दा र अन्य सरोकारवाला निकायले अब बाढीबारेको सूचना तीन दिन (७२ घण्टा) अघि नै थाहा पाउने भएका छन्।

जल तथा मौसम विज्ञान विभागले प्रत्येक घण्टाको बाढीको सूचना अद्यावधिक गर्दै आगामाी मनसुनको सुरुवातसँगै सरोकारवाला निकायलाई यस्तो सूचना सम्प्रेषण गर्ने तयारी अघि बढाएको खबर नेपाल समाचारपत्रमा छ।

सप्तकोसी र पश्चिम राप्तीका विभिन्न सहायक नदीमा आगामी मनसुनको सुरुवातदेखि तीन दिन अघि नै बाढीको सूचना सम्प्रेषण गर्ने तयारी भएको विभागले जनाएको छ।





Comments

comments

Leave a Reply

19755