काठमाडौं, २३ असोज। कपिलवस्तुको पकडी ३ की स्वयंसेविका चम्पा केवटलाई वलिउड स्टार आमिर खानले बुधबार सोधे, काम गर्न कत्तिको गाह्रो छ? सधै पर्दामा देखिने चर्चित नायकले सामुन्ने यस्तो प्रश्न गरेपछि सुरुमा अलमलमा परिन् उनी।
एकैछिनमा सम्हालिएर उत्तर दिईन् एउटा साइकल भइदिए अझ गतिलो काम गर्न सक्ने थिएं।
१७ वर्षदेखि गाविसमा स्वयंसेविका रुपमा काम गरिरहेको सुनाउँदै उनले माग पुरा गरिदिन आग्रह गरिएको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ। उनीजस्तै १८ वर्षदेखि स्वयमसेविका रहेकी अजोरमति रैदासलाई आमिरले अव के भयो भने राम्रो हुन्छ भनी सोधे। उनले सबै महिलालाई झुल दिन सकियो भने राहत पुग्ने बताईन्।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)