नेपाली टिभी युकेको निर्देशकमा कुशल श्रेष्ठ

एचकेनेपाल डट कम संवाददाता-
लण्डन। बेलायतबाट प्रसारण हुने नेपाल बाहिरकै एक मात्र सेटलाईट टिभी नेपाली टेलिभिजनको निर्देशक तथा सम्पादकमा सञ्चारकर्मी कुशल श्रेष्ठ नियुक्त भएका छन्।

बेलायतमै बसेर लामो समयदेखि टेलिभिजन पत्रकारितामा सक्रिय श्रेष्ठलाई नेपाली टेलिभिजनले निर्देशकको जिम्मेवारी दिइएको हो। श्रेष्ठ केही वर्ष पहिले पनि नेपाली टेलिभिजनमै सम्पादकको रुपमा कार्यरत थिए।

भिज्वल मिडियाको हरेक क्षेत्रमा दखल राख्ने निर्देशक श्रेष्ठलाई टेलिभिजनले सम्पूर्ण कार्यक्रम उत्पादन तथा निर्देशनको जिम्मेवारी दिइएको हो। गत सातादेखि काम सुरु गरेका श्रेष्ठले दर्शकको चाहना अनुसारका कार्यक्रम निर्माणको तयारी भइरहेको बताएका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियासंग काम गरी अनुभव संगालेका श्रेष्ठले समाचार तथा मनोरञ्जन दुवै क्षेत्रमा केही नौलो र गुणस्तरीय कार्यक्रमहरुका लागि आफूले प्रयत्न गर्ने बताए। साथै ६० बढी राष्ट्रमा प्रशारण हुने यस टेलिभिजनबाट नेपाली कला संस्कृति जगेर्णा गर्नुका साथै विश्वमा छरिएर रहेका सम्पूर्ण नेपालीहरुलाई एकीकृत गर्न सकिने बताए। लण्डनस्थित के.के. मुभिज प्रोडकसनका प्रबन्ध निर्देशकसमेत रहेका श्रेष्ठ एक कुशल भिडियोग्राफर तथा सम्पादकका रुपमा बेलायतको नेपाली तथा अन्य समुदायमा परिचित छन्।





Comments

comments

2097