Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एकल बाल नृत्य प्रतियोगितामा दिब्या भण्डारी भइन् प्रथम

दीपक क्षेत्री/ एचकेनेपाल डट कम-
वार्सिलोना, स्पेन २५ जुन। “नेपाली कला र संस्कृति हाम्रो देशको गहना, संरक्षण प्रवर्धन र बिकासका निम्ति नेपालीको चाहना”भन्ने मूल उद्घोषका साथ वार्सीलोनमा अन्तर्राष्ट्रिय कलाकार मञ्च स्पेन शाखाको आयोजनामा भएको ‘एकल बाल नृत्य प्रतियोगिता २०१४’ सम्पन्न भएको छ।

स्पेनका बिभिन्न नेपाली संघ संस्थाहरुका प्रतिनिधि, सामाजिक ब्यक्तित्व तथा बाक्लो नेपाली समुदायको उपस्थितिबीच सम्पन्न बाल प्रतियोगितात्मक नृत्य प्रतियोगिता स्पेनमा पहिलो पल्ट आयोजना भएको हो।

प्रमुख अतिथि एनआरएन स्पेनका आइसीसी सदस्य दीपक खरेल तथा संस्थाका संस्थापक अध्यक्ष एवं कार्यक्रमका सभापति राजेन्द्र लम्सालले संयुक्त रुपमा उद्घाटन गरिएको सो कार्यक्रम सबै संघ संस्थाहरु सम्मान गर्दै संस्थाका महासचिव डिक कार्कीको स्वागत मन्तब्य र प्रमुख अतिथिको शुभकामना मन्तब्यसंगै छिटो छरितो औपचारिक कार्यक्रम सकिएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव प्रेम सापकोटाले गर्नु भएको थियो।

नेपाल र नेपाली समुदायलाई बिशेष सहयोग पुर्याउने बिभिन्न बिधाका स्पेनिसहरुलाई सम्मान गर्ने कार्यक्रम रहेता पनि सोही दिन यहाँको बिशेष चाड पर्न गएको हुँदा आमन्त्रित अतिथिहरुलाई प्रत्यक्ष सम्मान गर्न नसकिएता पनि सबैको नाम बचन गरी समुदायमा पुर्‍याउनु भएको सहयोगको प्रशंसा गरिएको छ।

प्रतियोगिता पहिलो लोक बिधा र दोश्रो आधुनिक बिधा गरी २ चरणमा मुल्याङ्कन गरिएको थियो। प्रतियोगीहरुले क्रमशः भिनाजु पल्केर /मेरो बारुली कम्मर लचक्कै – सोनिया खत्री, हाइ मेरो फरिया /माया यो माया – दिब्या भण्डारी, राफ्टिङ बिसाउने /बनमा फुल्यो फुल- संकल्प गौतम, सालै जो – विपिन गुरुङ, बैस फुल्ने /नाच मैयां नाच – सुस्मिता गिरी, घिन्त्याङ – रविन कंडेल, डाली डालीमा / आकाशैका झिलिमिली तारा – नुरिया अवाले, घिन्त्याङ /बावरी फूलको बोट – किरण ढुंगानाले उत्कृष्ट प्रतिस्पर्धात्मक प्रस्तुतीहरु पस्किएका थिए। कार्यक्रमको शुरुवात र मध्यानतरमा बिनोद कटुवाल र पदमा लामाले अस्ट्रेलियन बाजा र बांसुरीको धुन तथा आधुनिक गीत प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रमको अन्तिम चरणमा प्रतियोगितामा प्रथम हुने दिब्या भण्डारी, द्वितीय हुने सुस्मिता गिरी र तृतीय हुने सोनिया खत्रीलाई पुरस्कार र प्रमाण पत्र तथा प्रतिस्पर्धी भाई बहिनी सबैलाई प्रमाण पत्र प्रदान गरिएको थियो।

नेपाल र नेपालीलाई बिभिन्न तरिकाबाट सहयोग पुर्याएकोमा योगदानको कदर गर्दै उपस्थित नेपालको साथी नामक संस्थाका रामोन भिलदोमातका साथै पहिलो पल्ट स्थानीय मिडिया spainkhabar.com लाई त्यसैगरी कार्यक्रममा निर्णायक मण्डलको जिम्मेवारी र महत्वपूर्ण भूमिकामा रहनु भएका निर्णयकहरु भुवन अछामी, ज्योति गुरुङ र अशोक बाराइलीलाई सम्मान र मायाको चिनो प्रदान गरिएको थियो।

औपचारिक कार्यक्रम छिटो छरितो हुनु अनि प्राथमिकतामा बालबालिकालाई समय यथेस्ट दिइनु प्रशंसानीय रहेको विचार सहभागी दर्शक दर्शकले राखेका थिए।





Comments

comments

221