Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यार्चाको नमूना लिएर सभासद हङकङ र सिंगापुरतिर

काठमाडौ, असार ११ – हजारौं संकलक डोल्पाका पाटनहरूमा यार्चा खोज्न व्यस्त भइरहँदा डोल्पाका सभासद धनबहादुर बुढाले ‘यार्चाको स्याम्पल’ हङकङ र सिंगापुरमा देखाएर फर्केका छन्।

संसद् चलिरहेकै बेला जेठ २४ गते यहाँको धो र ताक्सी क्षेत्रमा संकलित एक सय ५० ग्राम यार्चाको नमुना बोकेर उनी विदेशिएका हुन् । सहरतारा-९ का बासिन्दा सभासद बुढा यार्चाका पेसेवर व्यवसायीसमेत हुन् । गत वर्ष उनले डेढ सय किलो यार्चा सिंगापुर र हङकङ पुर्‍याएका थिए।

जिल्ला वन कार्यालय डोल्पामा १५ सय रुपैयाँ राजस्व बुझाएर उनी धोबाट सीधै हेलिकप्टरमा काठमाडौं लागेका थिए । २३ जेठमा धो घटनाको विवाद मिलाउन आएकै बेला सभासद बुढाले यार्चाको नमुना लगेको धोका झ्याम्पा लामाले बताए । संसद् चलिरहेकै बेला विदेश गएका उनले सभामुख र संसद् सचिवालयलाई समेत खबर गरेनन् । ‘मैले सबै सभासदलाई विदेश नजान निर्देशन दिएको छु,’ सभामुख सुवासचन्द्र नेम्वाङले काठमाडौंबाट टेलिफोनमा भने, ‘मैले अनुमति नदिने भएकाले बिनाजानकारी नै उहाँहरू आफूखुसी विदेश जाने गर्नुभएको रहेछ, यसबारे ठूला दलका नेताहरूलाई सचेत गराएको छु।’

साभारः कान्तिपुर





Comments

comments

214