Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अमेरिकामा नेपाली सांस्कृतिक केन्द्रको निर्माणको लागि अभियान चलाउंदै

विजय थापा / एचकेनेपाल डट कम-
न्युयोर्क। अमेरिकाको न्युयोर्कमा रहेको रिजउड नेपाली समाजले अमेरिकामा नेपाली सांस्कृतिक केन्द्र निर्माणको अभियान चलाउने भएको छ।

न्युयोर्कको रिजउड क्षेत्रमा सन् २००३ मा स्थापना भएको समाजले न्युयोर्कमा सांस्कृतिक केन्द्र निर्माण गर्दै अमेरिकाका बिभिन्न राज्यहरुमा कल्चर सेन्टर निर्माणको अभियान चलाउन लागेको हो। अमेरिकाको क्यालीफोर्निया र टेक्सास राज्यमा नेपालीहरुको आफ्नै सांस्कृति केन्द्रको निर्माण गरिसकेको भए पनि अन्य राज्यमा समेत सांस्कृतिक केन्द्र निर्माण गर्नुका लागि अभियान चलाउने उद्धेश्य लिएर समाज अगाडि बढेको हो।

समाजका अध्यक्ष मोहन ज्ञवालीका अनुसार यसअघि श्री पराजुलीको नेतृत्वको समितिले कल्चर सेन्टर निर्माणका लागि जमीन खरिद गरिसकेको र अहिले त्यही स्थानमा सांस्कृतिक केन्द्र निर्माण गर्न लागेको हो। अमेरिकामा बसेर पनि नेपाली संस्कृति तथा परम्परालाई आत्मसात गर्दै नयाँ पुस्तामा नेपाली भाषा र संस्कृतीको ज्ञान दिनुका साथै बिभिन्न सामाजिक कार्यका लागि समाजले केन्द्र निर्माण गर्न लागेको हो।

सांस्कृतिक केन्द्रलाई धर्ममा मात्र संकुचीत नगरी नेपाली धर्म, संस्कृती लगायतका सबै खाले प्रयोजनका लागि प्रयोग गर्ने उद्धेश्य राखेको अध्यक्ष ज्ञवालीको भनाई रहेको छ। समाजले कल्चर सेन्टर निर्माणका लागि सहयोग रकम जम्मा गर्ने उद्धेश्यका साथ आगामी जुलाई २८ देखि अगस्ट ३ सम्म रिजउडमा श्रीमद् भागवत् ज्ञान महायज्ञको आयोजना गर्दैछ । यस पटकको महायज्ञ पृथक र भब्य हुने समाजका अध्यक्ष ज्ञवालीले बताएका छन् । समाजका सचिव शहकुल खत्रीका अनुसार महायज्ञमा अमेरिकाका करिब ३० वटा राज्यका नेपालीका साथै क्यानडा र बेलायतबाट समेत नेपालीहरुले सहभागीता जनाउने भएका छन् । कार्यक्रम संयोजक जनक भण्डारीका अनुसार महायज्ञ कार्यक्रम भए पनि आयोजकहरुले उद्घाटन सहमारोहका दिन न्युयोर्कको रिजउड क्षेत्रमा नेपाली पोशाक सहित परेड प्रस्तुत गर्ने भएको छ।

नेपाली संस्कृती झल्कने परेड पश्चात हुने उद्घाटन समारोहमा हिन्दु धर्मका मात्र नभई बौद्ध धर्म, क्रिस्टीयन धर्मका ज्ञाता लगायत गैर नेपालीहरुको पनि उपस्थीती गराउने आयोजकहरुले जनाएका छन् । जुलाई २७ मा उद्घाटन समारोह मात्र गरिनेछ भने त्यस पश्चातका दिनहरुमा हरेक दिन परमहंश पिठाधिश्वर आर्चाय श्री १०८ टहल किशोरजी महाराजबाट प्रवचनका साथै समाजका हरेक क्षेत्रका सक्रिय ब्यक्तिहरुलाई अभिनन्दन गरिने कार्यक्रम समेत रहेको जनाइएको छ । आयोजकहरुका अनुसार महायज्ञमा न्युयोर्क बाहिरबाट आउने पाहुनाहरुका लागि बसोबास तथा यातायातको समेत सुविधा रहेको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

201