विश्वकप रुसमा, चीनलाई फाइदै फाईदा…

चीनको राष्ट्रिय फुटबल टोली रुसमा आयोजना भइरहेको विश्वकपमा सहभागी त छैन । एकपटक फेरि, चिनियाँ राष्ट्रिय फुटबल टोली विश्वकपमा छनोट हुनबाट असफल भयो ।

चिनियाँ फुटबल टोली यसरी बारबार छनोट हुन नसक्दाको अवस्थालाई धेरैले मजाक बनाउने पनि गरेका छन् । तर, चिनियाँ कर्पोरेट स्पोन्सरहरूले विश्वकपमा ठूलो प्रभाव बनाएका छन् । रुसमा विश्वकप चलिरहँदा करोडौँ चिनियाँ फुटबलप्रेमीले टेलिभिजन सेटअगाडि बसेर खेलको आनन्द लिइरहेका छन् । व्यापारिक विश्रामका दौरान चीनको सबैभन्दा ठूलो डेरी कम्पनी मेङ्निउ ग्रुप, ओप्पो फोनका नयाँ मोडेल तथा वेई कम्पनीका कारका विज्ञापन तामझामसाथ टिभी स्क्रिनमा देखिइरहेका छन् । स्टेडियमभित्र पनि ठूला साइनबोर्डमा चिनियाँ कम्पनीको लोगो तथा चिनियाँ भाषामा लेखिएका विज्ञापन सामग्री पनि देख्न सकिन्छ ।

यस्तोमा चीनका धनाढ्यहरूको सूचीमा रहेका वाङ जिआन्लिनका बान्डा ग्रुप कर्पोरेट, मेङ्निउ, भिभो र चीनको सबैभन्दा ठूलो टेलिभिजन निर्माता कम्पनी हाइसेन्सजस्ता कम्पनीका लोगो तथा विज्ञापन रुसी फुटबल स्टेडियममा देख्न सकिन्छ । यी चिनियाँ कम्पनीका लोगो विश्वभरका करोडौँ मानिसको कोठा–कोठासम्म पुगिरहेका छन् । यस वर्षको विश्वकपमा चिनियाँ कम्पनीको उपस्थितिले चिनियाँ ब्रान्ड, मुद्रा तथा उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा पु-याएको छ । यति मात्र होइन, आगामी दिनमा हुने ओलम्पिकमा पनि चीनले यस्तो उपस्थितिलाई थप बढावा दिँदै लानेछ । रिसर्च कम्पनी जेनिथका अनुसार यस संस्करणको विश्वकप दौरान चीनले मात्रै एकतिहाइ विज्ञापन हिस्सा अर्थात् ८३ करोड ५० लाख अमेरिकी डलरबराबरको विज्ञापन गर्नेछ । चिनियाँ कर्पोरेट प्रायोजनले विश्वकपमा प्रभाव जमाइरहँदा लगभग ४० हजार चिनियाँ फुटबलप्रेमी खेल हेर्न रुस पुगेका छन् ।

चिनियाँ कम्पनीले विश्वकप खेल हुने स्टेडियममा लिफ्ट र एयर कन्डिसनिङ (एसी) उपलब्ध गराएका छन् । चिनियाँ कम्पनी सेनजेनले त स्टेडियमा प्रयोग भएका लगभग सबै एलइडी डिस्प्ले उपलब्ध गराएको हो । चीनको केन्द्रीय टेलिभिजनले त मस्कोमा वल्र्डकप कभरेजका लागि दुईतले स्टुडियो नै निर्माण गरेको छ । यसरी, चिनियाँ पर्यटक तथा फुटबलप्रेमीका लागि सो स्टुडियो आकर्षणको केन्द्र बनेको छ । पश्चिमा कम्पनीले यस विश्वकप लक्षित प्रायोजनबाट हात झिकेसँगै त्यसको भरपुर फाइदा चीनले लिएको छ । फिफामा भएको घुसखोरी काण्डपछि पश्चिमा देशका स्पोन्सर पछि हटेका थिए । यस काण्डमा रुमल्लिएको फिफाले पनि आक्रामक रूपमा चिनियाँहरूलाई स्पोन्सर गर्न दिने निर्णय ग¥यो । चीन स्वयं विश्वकपमा खेल्न नसकेको अवस्थामा चिनियाँ कर्पोरेट स्पोन्सरले आफ्नो बलियो उपस्थिति देखाएका छन् । विगत केही वर्षयता चिनियाँ राष्ट्रपति सी जिनपिङले समेत चीनलाई छिटै फुटबल शक्तिराष्ट्र बनाउने भन्दै पटकपटक आफ्नो धारणा राख्ने गरेका छन् ।
(लेखक साउथ चाइना मर्निङ पोस्टका पूर्वप्रधानसम्पादक हुन्)
चाइना मर्निङ पोस्टबाट





Comments

comments

Leave a Reply

23750