रसुवागढी हुँदै काठमाडौं आउने रेलमार्गको लम्बाइ ७५ किलोमिटर मात्रै हो जसको लगानी तीन खर्ब नाघ्ने प्रारम्भिक अनुमान छ । तर, समृद्धिको मेरुदण्ड त्यही रेलमार्गलाई मानिएको छ।
उत्तरी रेलको लगानी प्रतिकिमि करिब चार अर्ब हुने चिनियाँ टोलीकै प्रारम्भिक अनुमान छ । पूर्व–पश्चिम रेलको लगानी भने प्रतिकिमि ५० करोड छ । हजार किलोमिटर कुद्ने रेलको डिपिआर र निर्माणसमेत भइरहेको खबर नयाँ पत्रिकामा छ।
१६० किमि प्रतिघन्टाका दरले कुद्ने पूर्व–पश्चिम रेल चढेर बुटवलको मान्छेले नेपालगन्जमा र विराटनगरको मान्छेले वीरगन्जमा जागिर खान सक्छन् । सात घन्टामा पूर्व–पश्चिम गर्न सकिन्छ । तर, यो परियोजना ओझेलमा छ।
करिब हजार किलोमिटरको पूर्व–पश्चिम रेलमार्गअन्तर्गत मेचीदेखि बुटवलसम्मको ५ सय ३९ किलोमिटरको डिपिआर पनि तयार भइसकेको छ । ‘बुटवल–बर्दिबासको डिपिआर यसअघि नै तयार भइसकेको थियो ।
चीन हुँदै मंगोलियासम्म
बंगलादेश हुँदै सिँगापुर
र पाकिस्तान हुँदै युरोपसम्म
यो रेलमार्ग ‘ट्रान्स एसियन रेल’ सञ्जालभित्रको हो । नेपालमा मेची–महाकाली रेलमार्गको निर्माणपछि सिंगापुरबाट मलेसिया, थाइल्यान्ड, बर्मा, बंगलादेश, भारत, नेपाल, पाकिस्तान, अफगानिस्तान, इरान, टर्की हुँदै दक्षिण युरोप जाने सबैभन्दा छोटो दूरी पर्ने जानकारी रेल विभागले दिएको छ।