एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं। बहुचर्चित गायक राजेशपायल राई आज बिहीबार आफ्नो बहुप्रतिक्षित एल्बम दर्शन नमस्ते -४ को गीत रेकर्डिङको लागि मुम्बई प्रस्थान गरेका छन्।
नेपाली सांगीतिक दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाएका राईलाई राई इज किङको उपमाले पनि चिनिन्छ। दर्शन नमस्ते -४ एल्बममा अम्बर गुरुङ, रणजीत गजमेर, उत्तमजंग लिम्बू, बसन्त सापकोटा, महाराज थापा, सन्तोष राज, अर्जुन पोखरेल, पारश मुकारुङ, बादल लिम्बू, बिनोद खम्बु र महेश खड्काको संगीत रहने छ।
दर्शन नमस्ते -४ एल्बममा टीका चाम्लिङ, राई नविन, बसन्त सापकोटा, महेश खड्का र डा. कृष्णहरि बरालको शब्द रहने छ। एल्बमका गीतहरुको रेकर्डिङ मुम्बईस्थित लता मंगेशकरको स्टुडियोमा हुनेछ।