गुन्डा नाइके गणेश लामाको सम्पत्ति जफत गर्ने विशेष अदालतको फैसला

विशेष अदालतले गुन्डागर्दीलगायत आपराधिक गतिविधिबाट अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा गुन्डा नाइके गणेश लामालाई दोषी ठहर गरेको छ ।

उनले आपराधिक गतिविधिबाट १ करोड ४० लाख ५० हजार बराबर अवैध सम्पत्ति कमाएको ठहर गर्दै विशेष अदालतले एक वर्ष कैद र बिगो बराबरको सम्पत्ति जफत हुने फैसला गरेको खबर अन्नपूर्णपोष्टले छापेको छ।

अदालतले अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठह¥याइएका लामा पहिलो गुन्डा नाइके हुन् । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय द्वारिकामान जोशी र रत्नबहादुर वागचन्दको संयुक्त इजलासले बिहीबार लामालाई दोषी ठहर गरेको हो । सम्पत्ति शुद्धीकरण विभागले गुन्डागर्दी र आपराधिक गतिविधिबाट लामाले २७ करोड १ लाख ६१ हजार ५८ रुपैयाँ ६० पैसा बराबरको अवैध सम्पत्ति आर्जन गरेको दाबी गर्दै मुद्दा दायर गरेको थियो । अदालतले लामाकी पत्नी लक्ष्मी, बाबु पाल्साङ, आमा रञ्जु तथा भाइहरू विनोद र राकेशलाई भने सफाइ दिएको अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए । लामाले सम्पत्ति नातेदारको नाममा समेत राखेको अभियोग थियो ।





Comments

comments

Leave a Reply

24371