अपहरणमा परेको भनि गलत सूचना दिने विष्ट पक्राउ

अपहरण परेको भनि गलत सूचना दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

छोरा अपहरणमा परेको भनी प्रहरीलाई गलत सूचना दिएको अभियोगमा बैतडीको पाटन नगरपालिका ६ घर भई हाल काठमाडौं कपन बस्ने राकेश विष्टलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

राकेशले साउन २३ गते प्रहरी कन्ट्रोलको टेलिफोन नम्बर १०० मा फोन गरी आफ्नो छोरा नरेश विष्ट अपहरणमा परेको जानकारी गराएको प्रहरीको भनाई छ । सोधपुछ गर्दा राकेशले गलत सूचना दिएको खुल्न आएको महाशाखाले जनाएको छ । नेपालसमाचार पत्रमा खबर छ।





Comments

comments

Leave a Reply

24373