मलेसियाको फेसन विकमा नेपाली डिजाइन

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

मलेसिया। शुक्रबारदेखि मलेसियामा आयोजना भैरहेको ” इन्टरनेसनल आइ पी ओ एच फेशन विक २०१८” मा नेपालको तर्फबाट भाग लिएका फेसन डिजाइनरद्वय दिपा तिवारी र सुष्मिता आलेले आफ्नो डिजाइनका बिभिन्न पोशाकहरु प्रस्तुत गरेका छन्।

फेशन विकका मलेसियन , तमिल र चाईनिज मोडलहरुले डिजाइनरद्वयले तयार पारेका २० वटा बिभिन्न नेपाली र पश्चिमी फ्युजन गरिएका डिजाइनहरु २ वटा सिक्वेन्समा प्रस्तुत गरेका थिए । दुबै सिक्वेन्समा मोडलहरुले र्याम्प नापेपछि नेपाली डिजाइनको प्रशस्त तारिफ भएको थियो।

मलेसियाको पेरेक स्टेटको आइपीओएच शहरको होटल सेरुनमा भब्य रुपमा आयोजित ” इन्टरनेसनल आइ पी ओ एच फेशन विक २०१८ ” मा नेपाल फेशन डिजाइनर संघ र नेपाल फेशन फेडेरेसनको सक्रियतामा सेन्ट्रल फेशन हब ,ललितपुरबाट भर्खरै फेशन डिजाइनिंग कोर्ष सकाएका डिजाइनरद्वय दिपा तिवारी र सुष्मिता आलेले भाग लिने मौका पाएका हुन्।

फेडेरेसनको तर्फ़बाट अध्यक्ष नबिन लुइँटेल , प्रोमोटर दिपक न्यौपाने र कानुनी सल्लाहकार राजन ढुंगेलको सहभागिता रहेको शुक्रबारको उद्घाटन शोमा नेपालसंगै मलेसिया , सिंगापुर , चिन र भारतको डिजाइनरहरुको सहभागिता रहेको थियो।

भव्यरुपमा आयोजित कार्यकर्ममा मलेसियाका बिभिन्न सरकारी प्रतिनिधिहरुसंगै मलेसियाका राजपरिवारका सदस्यहरुको पनि उपस्थिति रहेको थियो।

स्थानीय पेरेक पर्यटन केन्द्रको सहयोगमा लुइस सेबासटेन र आडेलडे खानको आयोजनामा शुक्रबार नोवेम्बर ९ देखि सुरु भएको ” इन्टरनेसनल आइ पी ओ एच फेशन विक २०१८” आगामी नोवेम्बर ११ सम्म आयोजना हुनेछ।

समापनको दिन समेत नेपालको तर्फ़बाट डिजाइनहरु प्रस्तुत गरिने जानकारी फेशन फेडेरेसनको अध्यक्ष नबिन लुइँटेलले बताए।





Comments

comments

Leave a Reply

25587