एचआइभी सर्ने भन्दै डाक्टरले गरेनन् पोस्टपार्टम

धादिङ– एचआइभी संक्रमितको महिलाले विष खाएर आत्महत्या गरेपछि पोस्टमार्टमका लागि उनको शव धादिङ जिल्ला अस्पताल ल्याइयो ।

तर डाक्टरले पोस्टमार्टम गर्न नमान्दा शव दुई दिनसम्म अस्पतालको मुर्दाघरमै थन्किएको खबर नागरिक दैनिकमा छ । मृतक एचआइभी संक्रमित भएको भन्दै डाक्टरले पोस्टमार्टम गर्न नमानेको हो।

धादिङ नीलकण्ठ नगरपालिका–५, खाल्टेकी ३७ वर्षीया शर्मिला श्रेष्ठ (नाम परिवर्तन) ले गत शुक्रबार बिहान विष खाएकी थिइन् ।

उनी शौचालय आउने–जाने र उल्टी गर्न थालेपछि छोरीले आफूलाई खबर गरेको मृतकका श्रीमानले बताए ।





Comments

comments

Leave a Reply

25595