डि.एन.बी. / एचकेनेपाल डट कम –
पोखरा, पोखराको सहारा क्लवद्धारा संचालित सहारा एकेडेमीको सहयोगार्थ यस बर्ष २०७५ मा खेलिएको देउसी भैलो कार्यक्रमबाट ५ लाख १० हजार ७ सय ३ रुपैया संकलन भएको छ।
“संस्कृतिको जर्गेना गरौं, सहारा एकेडेमीलाई सहयोग गरौं” भन्ने मूल नाराका साथ पोखरा क्षेत्रमा ५ दिनसम्म खेलिएको देउसी भैलो कार्यक्रमबाट उक्त रकम संकलन भएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए। क्लवका शुभेच्छुकहरुको घर घरमा खेलिएको देउसी भैलो कार्यक्रमबाट संकलित उक्त रकम विपन्न बर्गका अनाथ र असाय वालकहरुको भरणपोषमा खर्चिने भएको अध्यक्ष थापाले बताए ।
क्लवको स्थापनादेखि हरेक बर्ष तिहारमा देउसी भैलो कार्यक्रम गर्दै आएको छ, सहारा एकेडेमी संचालनको मुल आयश्रोत आहा रारा गोल्ड कप हो भने दोश्रो दिगो आयश्रोतको रुपमा देउसी भैलो नै रहेको हो । क्लवको हरेक गतिविधिमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नु हुनेप्रति अध्यक्ष थापाले धन्यवाद तथा आभार व्यक्त गरेका छन।
क्लवका सदस्य कलाकार, एकेडेमीका वालकसहित क्लवका पदाधिकारीहरु कार्यक्रममा सहभागी भएको कार्यक्रम संयोजक बरिष्ठ उपाध्यक्ष हरीराम गुरुङ (सुरज) ले बताए।
नेपाली कला संस्कृतिक झल्कने तथा नेपाली मौलिकत्ता सम्बन्धि देउसी भैलो कार्यक्रम मार्फत कलाकारहरुले गीत तथा नृत्य प्रर्दशन गरेको सांस्कृतिक संयोजक बिनु रानामगरले बताईन। क्लवद्धारा निर्मित सुविधा सम्पन्न आवास गृह सहारा एकेडेमी दोबिल्ला पोखरा–१७ मा हाल १६ जिल्लाका २८ जना बालकहरु रहेका छन।
तस्वीरः सुदर्शन रञ्जित